धनगढी। नागरिक उन्मुक्ति पार्टीले प्रदेश समानुपातिक सांसदको सूची सच्याएर निर्वाचन आयोगमा पेश गरेका छन्। सुदूरपश्चिममा सुनिता चौधरीको नाम हटाएर टिका थापाको नाम पठाएको छ भने दामोदर पण्डितको नाम हटाएर इन्दिरा गिरीको नाम आयोगमा पठाएको छ।
नागरिक उन्मुक्ति पार्टीले भने मधेसमा प्रदेशमा रामचन्द्र चौधरीको नाम हटाएर उर्मिलादेवी सिंहको नाम पठाएको छ भने लुम्बिनीमा निर्मलादेवी थारुको नाम पठाएको छ। यस्तै नोरीकुमारी चौधरीको ठाउँमा नरमाया ढकालको नाम पठाएको छ।