धनगढी। नवसर्जक साहित्य चौतारी नेपाल सुदुरपश्चिम र केदारेश्वर किशोरकिशोरी समुहको संयुक्त आयोजनामा सुदुरपश्चिम प्रदेश स्तरिय बाल कविता प्रतियोगिता आयोजना गरि सम्पन्न भएको छ। वर्तमानमा जलवायु परिवर्तन र भविस्य झशिर्षकमा कविता प्रतियोगिता आयोजना गरिएको थियो । कविता प्रतियोगिता दुई चरणमा गरिएको थियो।
पहिलो चरणमा सहभागिहरुले सो शिर्षकमा कविताको भिडियो बनाइ त्यसलाइ नवसर्जकको पेजमा अपलोड तथा दोस्रो चरणको प्रतियोगिता २३ गते जुम मार्फत सोही शिर्षकमा रहेर अर्को कविता प्रस्तुत गरेका थिए । दोस्रो चरणको प्रतियोगिता सङ्गै कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रमका सभाध्यक्षता नवसर्जक साहित्य चौतारी नेपाल सुपका संयोजक प्रविन चन्द, प्रमुख आतिथीमा सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानका उपकुलपति डाक्टर टि एन जोशी, विशिस्ट अतिथिमा नवसर्जक साहित्य चौतारी नेपालका केन्द्रिय संरक्षक दिपक गौतम, निर्णायक द्वय गजलकार तारा पल्लवी तथा कवि भुपि सरोवर रहेका थिए।
कार्यक्रममा बोल्दै नवसर्जकका केन्द्रिय संरक्षक दिपक गौतमले सहभागीहरुलाइ निरन्तर साहित्यिक मार्गमा लाग्न र नवसर्जकको माध्यम प्रयोग गर्न आग्रह गरेका थिए । यस्तै निर्णायक एवम कार्यक्रमका विशिस्ट अतिथी तारा पल्लवीले सबैको सिर्जनशिलताको कदर गर्दै यस्तो प्रतियोगिता आयोजना गरि बालबालिकाको प्रतिभालाइ बाहिर ल्याएको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। यस्तै अर्का निर्णायक तथा विशिस्ट अतिथी भुपी सरोवरले कविता प्रतियोगितामा आफुलाइ छुट्टै उर्जा बढेको र जिम्मेवारीको थप चुनौती थपिएको बताउँदै साहित्यिक यात्रामा लाग्न शुभकामना ब्यक्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठानका उपकुलपति डाक्टर टि एन जोशीले सहभागीलाइ शुभकामना दिदै निरन्तर सिर्जनशिल रहन र यसैगरि अगाडी बढ्न सके उज्ज्वल भविस्य हुने वताए। कार्यक्रममा सुदुरपश्चिमका विभिन्न जिल्लाका २१ जना बालबालिकाको सहभागीता रहेको थियो । कार्यक्रम संचालन नवसर्जक साहित्य चौतारी नेपालका सुदुरपश्चिम सचिव एवम केदारेश्वर किशोरकिशोरी समुहका सहजकर्ता प्रकाश बडुले गरेका थिए। दुवै चरणको नतिजा २४ गते सार्वजनिक गरिएको थियो। प्रतियोगितामा प्रथम टिनु जोशि,दितिय सुनिल बुढा तथा तृतिय मानुस्वि उपाध्यय भएका छन । प्रथमलाइ रु २५०० ,दितियलाइ रु२००० र तृतियलाइ रु १५०० सहित प्रमाणपत्रको पुरस्कार रहेको थियो। सहभागी सबैलाइ सहभागिताको प्रमाणपत्र र नवसर्जक साहित्य चौतारी नेपालमा आबद्धता सङ्गै प्रशिक्षण अभियानमा जोडिने बताइएको छ।
https://www.facebook.com/100086542351551/posts/134271226134289/?app=fbl
https://www.facebook.com/Nabasarjak https://www.facebook.com/photo/?fbid=134270319467713&set=pcb.134270696134342

