कञ्चनपुर। कञ्चनपुरको पुनर्वास ६ ङ गाउँमा एक जना युवक लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–६ ङ गाउँबाट सशस्त्र प्रहरीले अवैध लागुऔषध ९खैरो हेरोइन० सहित उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिकाकी उपमेयर कल्पना जोशी (पन्त) का ३० वर्षीय छोरा पंकज पन्त रहेको प्रहरीले बताएको छ।
शनिबार दिउँसो भन्सारस्थित चेक प्वाइन्टबाट शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर घर भएका पन्तलाई सशस्त्र प्रहरी पुनर्वासको टोलीले २० दशमलव ४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। पक्राउ परेपछि उनलाई छुटाउन प्रहरीलाई विभिन्न ठाउँबाट दवाब आइरहेको प्रहरी स्रोतले बताएको छ।
उनलाई छाड्न दवाव दिदै कांग्रेसका शीर्ष नेताहरुको फोन आइरहेको बताइएको छ। उनको साथबाट से ३ प ८६९१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। पन्तले पुनर्वाससँग सीमा जोडिएको भारतको बसहीस्थित मिलन बजारबाट लागुऔषध खरिद गरी ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पन्तलाई प्रहरीले थप अनुसन्धानका लागि हिजै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको थियो। उनी अहिले पनि सोही प्रहरी हिरासतमा रहेका छन्।