धनगढी। कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा भएको सुदूरपश्चिम महोत्सवको दोस्रो दिन आज राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ । कैलाली उद्योग वाणिज्य सङ्घले ‘दीगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ कृषि, पर्यटन,उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको सुदूरपश्चिम महोत्सव मंसिर २२ गते बिहीबारदेखि सुरु भएको हो।
महोत्सवको दोस्रोदिन आज राष्ट्रिय कलाकार मन्जु पौडेल, रामजी खाण, बादल थापा लगायतको सांगीतिक प्रस्तुती दिने भएका छन् । भने थुप्रै स्थानीय कलाकारको प्रस्तुति रह्ने महोत्सव आयोजकले जनाएको छ ।महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकार र स्थानीय कलाकारको कलाकारहरुको प्रस्तुति रहने जनाएको छ ।