धनगढीमा दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी युवती मृत अवस्थामा भेटिएकी छन् । धनगढी उपमहानगरपालिका ६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउद मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका ६ घर भएर दिदीको घरमा बस्दै आएकी साउद मृत भेटिएको पुष्टि गरे ।
उनकाअनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी टोली घटनास्थल पुगेको छ भने घोडाघोडीबाट मृतकका आफन्तलाई बोलाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।