धनगढी। धनगढीमा भन्सार छलीका अवैध सामान बरामद गरिएका छन् । धनगढीस्थित सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४ लाख बढी मूल्यका सामान बरामद गरिएका हुन्।
बिहीबार भन्सार छलेर ल्याइएको मोबाइल, मोबाइल पार्टस्, गाडीका सामान र कपडा बरामद गरिएको बताइएको छ। बरामद गरिएका समानहरु नियमानुसार भन्सार कार्यालय त्रिनगरमा बुुझाइएको गणपति धनबहादुर सिंहले बताएका छन् ।