धनगढी। कैलालीको गेटामा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । कैलालीको धनगढी अत्तरिया सडकखण्ड अन्तरगत गोदावरी नगरपालिकास्थित वडा नम्बर ५ गेटा नजिकै मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।
धनगढीबाट अत्तरियातर्फ गइरहेका लु ८० प ५७१९ र से २ प ६५२५ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएपछि दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ। दुर्घटनामा ३ जना घाइतेमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ। जसमा घाइते हुनेमा गोदावरी नगरपालिका १ का लोकेन्द्र कडेल रहेका र अन्य २ जनाको भने पहिचान खुल्न बाँकी रहेको जनाइएको छ। घाइते तीनै जनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।