कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशुचौपाया व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ । स्थानीय किसानले खेतबारी नै नष्ट हुन थालेपछि सो क्षेत्रका छाडा पशुचौपाया एकत्रित गरेर नगरपालिका कार्यालय परिसरमा हुलेपछि विवाद सिर्जना भएको हो ।
बेदकोट–६ मा रहेको गौशालामा व्यवस्थापन नगरेर छाडा छाडिएको भन्दै तीन दिनदेखि स्थानीय आन्दोलित छन् । कञ्चनपुरका भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाको राजमार्ग क्षेत्रमा छाडा पशु व्यवस्थापन नहुँदा नै सडक दुर्घटना पनि बढिरेहको छ । यहाँका पालिकले पशु व्यवस्थापनका लागि करोडौँ रकम खर्च गरे पनि दिगो व्यवस्थापन हुनसकेको छैन् । त्यसैगरी पशु व्यवस्थापन विवाद भइरहेका बेला बेदकोट–३ उत्तरी चुरे क्षेत्रमा केही चौपाया गाडिएको अवस्थामा भेटिएपछि उक्त विवाद थप पेचिलो बन्दै गइरहेको छ।
आज पनि गौसंरक्षण क्षेत्रमा सक्रिय विभिन्न सङ्घरसङ्गठनले नगरपालिका कार्यालय अगाडि विरोध गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बेदकोटमा छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विरोध भइरहेको र सो क्षेत्रमा प्रहरी परिचालन गरिएको बताए ।छाडा पशुचौपाया व्यवस्थापनका लागी कैलाली र कञ्चनपुरका स्थानीय तहहरुले समस्या समाधान गर्ने भनेपनी त्यो कार्यान्वयन गर्न सकेका छैन् । सो समस्या झन बढेको छ । आगामी दिनमा यस्तो समस्या झन दोहोरिने समस्या बढेको स्थानियहरुले बताएका छन् ।