कैलाली। कैलालीको जोशीपुरमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजुको हँसिया प्रहारबाट मृत्यु भएको हो । भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए।
यस्तै भिनाजुको हँसिया प्रहारबाट अर्का साला ४० बर्षीय जयराज भण्डारी गम्भिर घाइते भएका छन्। घाईते भएका उनलाई उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ। मंगलबार राति करिब ९ बजे भएको घटनापछि आरोपित ढुङगाना फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले बताएको छ ।