काठमाडौँ। नेकपा एकिकृत समाजवादीका नेता शेरबहादुर कुँवरले आफु एमालेमा फर्किने कुरामा सत्यता नभएको बताएका छन्। उनको सचिवलायले एक विज्ञप्ति जारी गरेर कुँवर एमालेमा फर्किने कुरामा सत्यता नभएको बताएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कुँवरले आफ्नो राजनीतिक जिवनमा आँच आउने किसिमले प्रकाशित भएको समाचार प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताइएको छ।
प्रमुख स्वकीय सचीव विनोद धामीले सामाजिक संचाल फेसवुक मार्फत नियोजित तरिकाले प्रकाशित गरिएका यस्ता कपुकल्पित समाचारमा कुनै सत्यता नभएको र यस्ता जनसमुदायमा भ्रम सृजना गर्ने खालका समाचारको पछि नलाग्न आग्रह गरिएको छ । कुँवर प्रतिनिधिसभा तर्फको निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भएका हुन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका थिए । बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरेका थिए।