कञ्चनपुर। कञ्चनपुरको बेलौरीबाट दुर्लभ अजिङ्गरको उद्दार गरिएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाडाको कालोपत्रे सडकमा अजिङ्गर (पेठोन) फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ। कुण्डा सब डिभिजन वन कार्यालयले सडकमा फेला परेको अजिङ्गरलाई उद्वार गरेको जनाएको हो।
कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले सोमबार दिउँसो ३ बजे सडकमा ८ फिट लम्बाई, ७ दशमलव ५ किलोग्राम तौल भएको अजिङ्गर फेला परेको बताए। उक्त अजिङ्गरलाई प्रहरी र स्थानीयको सहयोगमा लालझाडी राष्ट्रिय वन क्षेत्र पुनर्वास–१० मा छोडिएको यादवले बताए।