कञ्चनपुर। कञ्चनपुरको बेदकोटमा माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीकी २२ वर्षीया राधाकुमारी रावलको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।घर लिपपोतका लागि सोमबार बिहान माटो लिन गएकी थिइन्।
माटोको ढिस्कोले पुरिएर घाइते भएकी उनको उद्धार गरी स्थानीयले महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए। माटोको ढिस्कोले पुरिएर घाइते भएकी रावलको उद्धार गरी स्थानीयले महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरेका थिए। तर, उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।