दोलखा। दोलखामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई उनले ५१८ मतान्तरले पराजित गरेका हुन्।
समानुपातिकको मतपेटिकामा प्रत्यक्षतर्फको गणना पनि गर्ने सर्वदलीय बैठकमा सहमति भएकाले अंकमा तलमाथि हुन सक्ने बताइएको छ। जम्मा खसेको ८५ हजार ६ सय मतमध्ये कार्कीले ३६ हजार ९९५ र शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेका छन् ।