कैलाली। कैलालीको अत्तरियामा पनी अतिक्रमण गरि बनाईएका संरचना भत्काउन कार्य सुरु गरिएको छ । कैलालीको गोदावरी नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी बनाईएका अबैध भौतिक संरचनाहरु आजदेखी भत्काउन सुरु गरेको हो।
अत्तरिया बजारक्षेत्रमा सडक क्षेत्र अतिक्रमण गरी बनाईएका संरचनाहरु भत्काउने काम भैरहेको नगरप्रमुख विरेन्द्र भट्टले बताए। भट्टले अत्तरिया बजारलाई सून्दर र व्यवस्थीत बनाउन र हाम्रो गोदावरी राम्रो गोदावरी बनाउनका लागी अतिक्रमित संरचना हटाउने काम थालिएको बताए। उनले नगरपालिका अगाडीबाट सुरु गरिएको उक्त कार्य अहिले बजार क्षेत्रमा चलिरहेको जानकारी दिए ।
नगर प्रमुख भट्ट संरचना भत्काउन फिल्डमा आफै खटिएका छन्। बजार व्यवस्थापनका लागी,ठेलाछाप्रा, बजार क्षेत्रमा अतिक्रमण गरी बनाईएका पक्की र केही टिनका संरचना हटाइने जनाइएको छ। नगरप्रमुख भट्टले अतिक्रमीत संरचना हटाउन ४ पटक सम्म सुचना जारी गरीएको र अटेरी गर्दा अहिले डोजर लगाइएको बताए। उनले संरचना भत्काउन अगाडी पनि नगरप्रहरीको टोली बजारमा व्यापार, ब्यवसायीलाई जानकारी गराउन पठाईएको बताए। खोकाछाप्राहरु व्यवस्थापनका लागी छलफल चलिरहेको र कुनै स्थान खोजेर तत्कालै व्यवस्थापन गरिने उनले बताएका छन्।