धनगढी। नगर बाल संजाल धनगढीले बिहीबार धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारबाहिको माग गरेको छ। नगर बाल संजाल धनगढी अध्यक्ष लक्ष्मी जोशी तथा कार्य समिती सदस्य प्रविन चन्दद्धारा आज जारी गरिएको प्रेश बिज्ञप्ती मार्फत सो माग गरिएको हो।
प्रेश बिज्ञप्ती मार्फत ग्रेडरले कुल्चेर मृत्यु भएकी छात्राप्रति मृत आत्माको चिरशान्तिको कामना र परिवारमा समवेदना प्रकट गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति र र घटनामा संगलन ब्यक्तिलाई कानुन बमोजिम कारबाहि गर्ने माग गरेको हो। साथै घटनामा संलग्न दोषीलाई कडा सजायको सुनिश्चतता गर्न सरोकार पक्षलाई ध्यानाकर्षण गराएको छ। विज्ञप्तीमार्फत बालबालिकाका हितका लागि आवाज उठाउदैं आएको संजालले बताएको छ। यस्ता घटना नदोहरिन सावधानी र उचित पहल कदमी लिन आग्रह गरिएको छ।
विज्ञप्तीमा भनिएको छ घटनाबाट सिर्जीत परिस्थितिका कारण धनगढिको बालबालिका क्षेत्र अशान्तमय भएको स्थितिमा घटनालाई थप दुखान्त र प्रभावित हुनबाट रोक्न आक्रोश र उत्तेजनालाई नियन्त्रण गर्न विद्यार्थी, शिक्षक, अभिभावक विद्यालय परिवारमा हार्दिक अनुरोध गर्दछौं साथै, पक्राउ परेका विद्यार्थीहरुलाई निशर्त रिहाइ गर्न माग समेत संजालको रहेको छ। नगर बाल संजाल धनगढीले सुदुरपश्चिम भरीका बालबालिकाका लागि सक्रिय भई कार्य गर्दै आइरहेको छ। कैंलाली धनगढीको हसनपुरस्थित पञ्चोदय मा.बि. कक्षा ८ मा अध्यनरत बैतडी डिलासैनि गाउपालिका वडा न ६ बस्ने गणेश साउदकी छोरि वर्ष १५ कि चेतना साउदको बिहिवार स्कुल जाने क्रममा ग्रेडरले कुल्चेर घटना स्थलमा नै मृत्यु भएको हो । उनलाई न्यायको माग गर्दै अहिले विद्यार्थी लगायत स्थानिय बिरोधमा सडकमा आएका छन्। जिल्ला प्रशासन कैलालीले सुरक्षा ब्यवस्थालाई ध्यानमा राखि निषेधज्ञा समेत अहिले उक्त क्षेत्रमा लगाएको छ।