बाजुरा। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावअन्तर्गत बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको छ।बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको हो।
प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत धेरै रहेको पाइएपछि मतगणना स्थगित भएको हो। पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका बद्री पाण्डेले ५ हजार ३९९ मत प्राप्त गरेका छन् भने उनका निकटमत् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्ण थापाले ४ हजार १३० मतसहित पछ्याइरहेका छन् । पाण्डे र थापाबीच १ हजार २६९ मतको मतान्तर रहेको छ।