कञ्चनपुर। कञ्चनपुरमा हात हतियार खर खजाना मुद्धाका फरार कसुरदार पक्राउ परेका छन्। कञ्चनपुर भिमदत्त नगरपालिका वडा नंम्बर ४ स्थानिय बजारमा लुकिछिपि बसिरहेको अवस्थामा प्रहरीले बेलौरी नगरपालिका–६ का ३६ वर्षीय हरिश भनिने हरि भट्टलाई पक्राउ गरेको हो।
सोमबार दिउँसो साढे १ बजे उनलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले उनलाई हात हतियार खर खजाना मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।अदालतले २०७९ असार ७ गते उक्त फैसला सुनाएको थियो।
उनी उक्त सजाय पूरा नगरी फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षकको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका भट्टलाई उच्च अदालत महेन्द्रनगरमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको डिएसपी शाहले जानकारी दिएका छन्।