धनगढी। सुन चोरी गरेको आरोपमा धनगढीका एक जना व्यवसायी पक्राउ परेका छन्। कैलालीको धनगढी चौराहस्थित बुडर सुनचाँदी गहना पसलका सञ्चालक सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले प्रहरीको विशेष समूहले उनलाई पक्राउ गरेको बताए। भारतको कर्नाटकमा चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएको जनाइएको छ। अहिले उनलाई थुनुवामा राखीएको र चोरी घटनाको बारेमा थप विवरण आउँन बाकी रहेको जनाइएको छ।