कञ्चनपुर। कञ्चनपुरको कृष्णपुरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ वडा कार्यालय नजिक गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट कैलालीको गोदावरी नगरपालिका ३ चौकीडाँडा का ३६ वर्षीय लवदेव भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
Advertisement



ठक्कर दिने गाडीको नम्बर खुलेको छैन्। ठक्कर दिएपछि फरार रहेका चालकको प्रहरीले खोजी कार्य जारी राखेको छ। ठक्करबाट गम्भीर घाइते भएका भट्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।
Advertisement
