कैलाली। कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कैलालीको भजनी नगरपालिका३ कुसुमघाटबाट लागूऔषध खैरो हेरोईनसहित टिकापुर नगरपालिका ३ का २ जना किशोरलाई प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो। उनीहरुको परिचय खुलेको छैन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


