डोटी। बोधिसत्व बिहारको सहयोगमा नेपाल परिवार दलका सयोजक खडक नागरीको पहलमा डोटीका भुकम्प पिडित तथा विद्यार्थीलाई सहयोग भएको छ । नेपाल परिवार दलका सयोजक खडक नागरीका अनुसार डोटीको सायल गाउँपालिका वडा न ५ का भुकम्प पिडितहरुलाइ खाद्यवस्तु वितरण गरिएको छ। उनले बोधिसत्व बिहारको सहयोगमा र आफ्नो पहलमा सायल गाउँपालिका ५ का ४०० जना भुकम्प पिडितलाइ खाद्यान्न बितरण गरिएको बताए ।
पिडित प्रति परिवार २५ केजि चामल, १० केजि आटा, १ केजि मसुर दाल,१ केजि चना, १ केजि चिनि, २ लिटर तोरीको तेल,१ पाकेट नुन, ३ पिस साबुन बितरण भएको छ। यस्तै ८०० जना परिवारलाई औषधी बितरण गरिएको छ । यस्तै भुकम्प पिडितहरु २०० जनालाइ खाजाको लागि ब्रेड पनि वितरण गरिएको छ। यस्तै जाडोको लागि २०० जनालाई बलाङकेट पनी वितरण गरिएको छ। डोटीको सायल गाउँपालिका वडा न ५ क्षेत्रको कालिका माद्यमिक बिद्यालयका २०० जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको युवा नेता खडक नागरीले बताएका छन्।बिद्यार्थीहरुलाई २०० पिस कपि, २०० पिस पेन बितरण गरिएको छ। कार्यक्रममा बोधिसत्व विहारका अध्यक्ष मास्टर ह्यु कुआंग (Master Hue Kuang) र बिदेशी पाहुना ताइवान र चाइनाबाट ६ जना बिदेशीहरुले र बोधीसत्वा विहारमा कोडिनेटर डाक्टर पिया रत्न महर्जन, धर्म रोकाय, अजय जैरु, नरेश नेपाली तथा सो क्षेत्रका बुद्धिजीवी सामजसेवी लगायतको सहभागी रहेको थियो। यस्तै बिदेशी पाहुनाले भुकम्पबाट क्षति भएका घरहरुको पनि अवलोकन गरेका थिए । सो क्षेत्रका घरहरुलाइ मर्मत गर्नको लागि बोधिसत्व विहारका अध्यक्षले सहयोगको आसवासन र सान्तवना दिएका थिए। पिडितहरुले सहयोग र केही भएपनी राहात भएपछि धन्यवाद ब्यक्त गर्दै खुसी ब्यक्त गरेका थिए । साथै आगामि दिनमा पनि सहयोग अपेक्षा गरेको पिडित पक्षले बताएका छन्।