कैलाली। कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ । आज एक कार्यक्रमकाबिच निर्वाचन अधिकृतको कार्यालय कैलाली क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत इन्द्र बहादुर कठायतले प्रमाणपत्र वितरण गरेका हुन्। निर्वाचन अधिकृत कठायतले प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका वीर बहादुर बलायरलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका छन्।
यस्तै कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा ९१० मा निर्वाचित नेकपा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी र प्रदेश सभा ९२० मा निर्वाचित प्रकाश बमलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । प्रमाणपत्र ग्रहण पछि बोल्दै प्रतिनिधि सभामा निर्वाचित बलायरले निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्ने सम्पुर्ण निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, लगायत सम्पुर्णलाई जनतालाई धन्यवाद ब्यक्त गरेका छन्।
साथै उनले निर्वाचनमा बोलेका प्रतिवद्धता पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सबैप्रति समान व्यवहार गरी काम गर्ने बताए ।बलायरले मंसिर ४ मा सम्पन्न निर्वाचनमा कुल खसेको ६४ हजार १५८ मत मध्ये बलायरले २६ हजार २२० मत पाएका थिए । एमालेका लेखराज भट्टले २२ हजार ६१३ मत पाएका थिए । प्रदेश सभा ९१० मा दीर्घ सोडारी १३ हजार ४८९ मत ल्याएर विजयी भएका थिए उनले प्रतिस्पर्धी एमालेका भीम देउवाले ९ हजार ४२३ मत ल्याएका थिए । यस्तै प्रदेश सभा ९२० मा काँग्रेसका प्रकाश बम बिजयी भएका थिए । बमले १२ हजार ४ सय ७३ मत ल्याएका छन भने एमालेका उम्मेदवार हरि सिँह साउँदले ११ हजार ९ सय ५७ मत ल्याएका थिए ।