बाजुरा। बाजुराका सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत र सिडियो माथि आक्रमण गरेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ७ गते बाजुराको मार्तडीस्थीत लोकतान्त्रीक चोक नजिक सडकमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि आक्रमण गरेको आरोपमा ११ जनालाइ प्रहरीले प्रक्राउ गरि छानबिन शुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सुर्य थापाले ११ जनालाइ प्रक्राउ गरि छानबिन गरेर दोषिलाइ अपमानजनक वा अमानविय व्यवहार गर्न नहुने कसुरमा मुद्धा चलाउने तयारी गरेको बताए । उनिहरु माथी छानबिन शुरु भइरहेको र बाजुरा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको बताए । मंसिर ७ गते सडकमा मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, सुरक्षा निकायका प्रमुख तथा जवानहरु लाई सार्वजनिक स्थानमा कालो मोसो शरिरमा फाली ढुंगामुढा प्रहार गरि आक्रमण गरेको प्रहरीले बताएको छ । ढुगांमुढा प्रहार सँगै कालो मुसो समेत फाल्ने काम भएको प्रमुख जिल्ला अधिकारीले वताएका छन् । लोकतान्त्रिक चोकमा टायर बालेको कालोमुसो फालेका थिए ।