कैलाली। कैलालीका ३ वटा निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्तिले जित हाँसिल गरेको छ। कैलालीमा प्रतिनिधि सभाका पाँचमध्ये तीन र प्रदेश सभाका १० निर्वाचन क्षेत्रमध्ये पाँच निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्तिले विजयी हाँसिल गरेपछि जिल्लाकै ठुलो दल बनेको हो। प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनको अन्तीम मत परिणाम सार्वजनिक पनी भैसकेको छ।
नौ महिना पहिला अर्थात २०७८ फागुन ३ गते स्थापना भएको उन्मुक्ति पार्टी पहिलो दल बनेको छ । यसपटकको निर्वाचनमा राष्ट्रिय पार्टीलाई पछाडि पार्दै नागरिक उन्मुक्ति पार्टी जिल्लामा ठुलो दल बनेको हो। चुनाव चिह्न ढकिया लिएर एक्लै चुनावी मैदानमा उत्रेको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधि सभाका कैलाली निर्वाचन क्षेत्र नम्बर १ २, ३ मा उम्मेदवार विजयी भएका हुन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३० हजार ४०४ मतसहित विजयी भइन्। उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् टीकापुर घटनाका बन्दी रेशम चौधरीको श्रीमती हुन्।उनका प्रतिस्पर्धी कांग्रेसका रामजनम चौधरी १८ हजार ८ मत मात्र पाएर पराजित भए । यस्तै कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुन चौधरी २१ हजार ८७१ मत प्राप्त पाएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत पाएर पराजित भएका छन् । यस्तै कैलाली क्षेत्र नम्बर ३ मा २३ हजार १२० मत प्राप्त गरी गंगाराम चौधरी विजयी भएका छन्।
माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याएर पराजित हुनुपर्यो। यस्तै उक्त पार्टीले कैलालीका पाँच वटा प्रदेश निर्वाचन क्षेत्रमा समेत विजय हाँसिल गरेको छ । यस्तै कैलालीको क्षेत्र नम्बर १ र २ को प्रदेश सभा सदस्यमा बिजय हाँसिल गरेको छ । प्रदेश सभा सदस्य १ को क मा कैलाश चौधरी, ख मा लक्ष्मणकिशोर चौधरीले जितेका छन । यस्तै क्षेत्र नम्बर २ को ख मा रामेश्वर चौधरीले जितेका छन्। भने क्षेत्र नम्बर ३ को क मा घनश्याम चौधरी, ख मा खुशीराम डंगौरा थारु निर्वाचित भएका छन्। गत वैशाखमा सम्पन्न सो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी भजनी, टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका गरी चार स्थानीय तहमा जित हासिल गरेर जिल्लामा पहिलो पार्टी बनेको छ।