बैतडी। बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शुक्रबार साँझ साढे पाँच बजे सुपप्र०१००१ ज १३५४ नम्बर जिपको दुर्घटनामा परेको हो। बैतडीको पुर्चौंडीबाट जन्ती बोकेर ल्याएको जिप सुर्नया गाउँपालिका वडा नं ८ पातलखोला भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जिप सडकबाट केही तल खसे रदुर्घटनामा परी ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन्। घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।