कैलाली। कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी भएका छन्। कैलाली क्षेत्र नम्बर २ बाटै उम्मेदवार बनेका उनका निकटतम प्रतिद्धन्दी नेकपा एमाले का झपटबहादुर रावललाई पराजित गर्दै चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।चौधरीले २१ हजार ८७१ मतसहित विजयी भएका हुन्।
एमालेका रावलले १६१२८ मत पाए भने तेस्रो स्थानमा रहेका सत्ता गठबन्धनका उम्मेदवार माओवादीका भगत बडुवाले १५ हजार ११६ मत पाए। यहाँ जम्मा ६० हजार ३ सय ७४ मत खसेको थियो। जसमा ३ हजार ६ सय ६४ मत बदर भएका छन्। यो संगै कैलालीको प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्तिले तीन क्षेत्रमा जित हाँसिल गरेको छ ।