कैलाली। कैलाली क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका कमल बहादुर शाह विजयी भएका हुन। २ (क) मा शाहले १० हजार ४ सय ३३ मतका साथ विजयी प्राप्त गरेको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिएका छन्। उनका निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति पार्टीका उम्मेद्धार रतन बहादुर थापाले ८ हजार ७ सय ७५ मत प्राप्त गरे।
नेकपा एमालेका कमला कुमारी ओलीले ८ हजार ८२ मत प्राप्त गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोदसिंह राठौर ठकुरीले २ हजार १ सय ३६ मत प्राप्त गरेका छन् । कुल ३१ हजार ८ सय २६ मत खसेको प्रदेश सभामा १ हजार ७ सय ७८ मत बदर भएको निर्वाचन अधिकृत जोशीले बताएका छन्।