धनगढी। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा माओवादी केन्द्रका रमेश सिँह धामी निर्वाचित भएका छन्। जम्मा ३७ हजार ३०१ मत गणना हुँदा धामीले ९ हजार ३८७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका नेपालु चौधरीले ९ हजार २६२ ल्याएर पराजित भएका छन्। यसैगरी कैलाली ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा निर्वाचित भएका छन्।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार देउवा ९ हजार ५९१ मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरे। यस्तै कैलाली निर्वाचन क्षेत्र नंम्बर ५ मा कांग्रेस तथा गठबन्धनका उम्मेदवार डिल्लीराज पन्त निर्वाचित भएका छन्। कैलाली ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई ९५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन। जम्मा ६५ हजार ६१३ मत मध्ये विजयी भएका पन्तले २१ हजार ३९२ मत प्राप्त गरे भने पराजित रानाले २० हजार ३१८ मत पाए ।हेर्नुहोस कसले कती मत ल्याए…