धनगढी। कैलाली निर्वाचन क्षेत्र नंम्बर ५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । कैलाली ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई ९५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन ।
जम्मा ६५ हजार ६१३ मत मध्ये विजयी भएका पन्तले २१ हजार ३९२ मत प्राप्त गरे भने पराजित रानाले २० हजार ३१८ मत पाए । यसैगरी, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार १९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले छ हजार ६१९ मत प्राप्त गरे। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा माओवादी केन्द्रका रमेश सिँह धामी बिजयी भएका छन् । धामीले ९ हजार ३८७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका नेपालु चौधरीले ९ हजार २६२ ल्याएर पराजित भएका छन् ।यसैगरी कैलाली ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन्।सत्तारुढ गठबन्धनका साझा उम्मेदवार देउवा ९ हजार ५९१ मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरे।हेर्नुहोस कसले कती मत ल्याए… 


