धनगढी : कैलाली क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रीक गठबन्धनबाट बिजयी भएका बिर बहादूर बलायरले ६ महिनाभित्र सुदूरपश्चिम प्रदेशको राजधानी निर्माण शुरु हुने दावी गरेका छन् । नेपाली काग्रेंस सुदूरपश्चिम सभापति समेत रहेका बलायरले बिजयी भए पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै ६ महिनाभित्र राजधानी निर्माणको काम शुरु हुने दावी गरेका छन् ।
यहाँका जनताका समस्या समाधानका लागी मेरो जोड रहने छ बलायरले भने “बिषेशगरी प्रदेशको राजधानी र गेटा मेसडकल कलेजका बिषयमा म गम्भिर छु, राजधानी ६ महिनाभित्र निर्माण शुरु हुन्छ र गेटा मेडिकल कलेज चाँडै सञ्चालनका लागी म प्रयत्न गर्ने छु ।”
बलायरले काम नलाग्ने मन्त्रालय नखाने बताएका छन् । बिना कामको मन्त्रालय खान्न म उनले भने “यहाँका नागरिकको जिवनस्थर परिवर्तन गर्न सक्ने र यहाँको बिकास गर्न सक्ने खालको मन्त्रालयको जिम्मेवारी लिन्छु, पार्टीले त्यो जिम्मेवारी दिन्छ भन्ने बिश्वास छ ।”