कैलाली। सुदूरपश्चिमको बाजुरा बाहेक अन्य ८ जिल्लामा मत गणना जारी रहेको छ। मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मत परिणाम सार्वजनिक भइरहेका छन् । अहिलेसम्म अघिकाँस क्षेत्रमा मत परिणाम सार्वजनिक भैसकेका छन् भने केही स्थानमा मत परिणाम सार्वजनिक हुन अन्तीम चरणमा पुगेका छन् ।
सुदुरपश्चिम प्रदेशका प्रतिनिधि सभातर्फ १६ र प्रदेशतर्फ ३२ निर्वाचन क्षेत्र मध्ये अहिलेसम्म प्रतिनिधि सभातर्फ १० स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको छ । सो क्षेत्रमा ५ दलीय गठबन्धनले जित हासिल गरेको छ । प्रतिनिधि सभातर्फ नतिजा सार्वजनिक भएका १० स्थानमध्ये नेपाली काँग्रेसले ६ स्थान, नेकपा एकिकृत समाजवादीले ३ र नागरिक उन्मुक्ति पार्टीले १ स्थानमा जितेका छन्। यस्तै नतिजा सार्वजनिक भएका प्रदेश सभामा २१ स्थानमध्ये नेपाली काँग्रेसले ८ स्थान, नेकपा माओवादी केन्द्रले ७ स्थान, नेकपा एमालेले ३ स्थान र नेकपा एकिकृत समाजवादीले २ र स्वतन्त्रले १ स्थानमा जित निकालेका छन्।
डडेल्धुराबाट प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा २५ हजार ५३४ मतसहित सातौं पटक निर्वाचित भए (प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत) । डडेल्धुराको प्रदेश १ बाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट र प्रदेश २ मा स्वतन्त्र उम्मेदवार डाक्टर ताराप्रसाद जोशी निर्वाचित भएका छन्। कञ्चनपुरबाट निर्वाचन क्षेत्र नम्बर ३ बाट रमेश लेखकले ३० हजार ५२३ मत लिएर निर्वाचित भए । कञ्चनपुर ३ को १ मा नेकपा एकिकृत समाजवादीका प्रकाश रावल र २ बाट नेपाली काँग्रेसका बेलबहादुर राना मगर निर्वाचित भएका छन्। कञ्चनपुर २ बाट नेपाली काँग्रेसका नारायणप्रकाश साउँद २८ हजार १०० मत ल्याएर बिजयी भए ।
प्रदेशतर्फ भने २ को १ मा नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट र २ बाट काँग्रेसका बहादुरसिंह थापा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। कञ्चनपुर क्षेत्र नम्बर १ को मतगणना जारी छ । प्रदेश सभातर्फ १ मा काँग्रेसका दिवानसिंह विष्ट र २ मा नेकपा एमालेका वीरबहादर थापाले चुनाव जितेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्तिका गङ्गाराम चौधरी २३ हजार १२० मत ल्याएर विजयी भएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश १ बाट नागरिक उन्मुक्तिकै घनश्याम चौधरी र २ बाट खुशीराम डगौरा थारू निर्वाचित भएका हुन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका वीरबहादुर बलायरले २६ हजार २२० मत ल्याएर जितेका छन् । प्रदेश १ मा नेकपा समाजवादीका दीर्घबहादुर सोडारी र २ मा नेपाली काँग्रेसका प्रकाशबहादुर बम निर्वाचित भएका छन्।
कैलालीका अन्य क्षेत्रको गणना जारी छ । दार्चुला जिल्लामा प्रतिनिधि सभाका लागि गठबन्धन उम्मेदवार काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले २८ हजार ५१५ मत ल्याएर बिजयी भए (एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले २६ हजार ३८१ मत)। प्रदेश १ मा नेपाली काँग्रेसका विक्रमसिंह धामी र २ मा मानबहादुर धामी बिजयी भए । बैतडी नेकपा माओवाद केन्द्र (अग्रता) छ। बैतडीको प्रदेश १ नेकपा एमालेका सुरेन्द्रबहादुर पाल र २ बाट काँग्रेसका शिवराज भट्ट निर्वाचित भएका छन्। बझाङमा गठबन्धनका उम्मेदवार नेकपा एसका नेता भानुभक्त जोशीले २८ हजार ४१३ मत ल्याउँदै प्रतिनिधि सभाका लागि निर्वाचित भएका छन् (नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत)। प्रदेश १ मा काँग्रेसका पृथ्वीबहादुर सिंह र २ बाट नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी निर्वाचित भएका छन्। डोटीमा गठबन्धनका प्रेमबहादुर आले २७ हजार २१० मत लिएर निर्वाचित भएका छन् (एमालेकी गौरी ओलीले २३ हजार ४ मत)। प्रदेश सभा १ मा नेकपा एमालेका चक्रबहादुर मल्ल र प्रदेश सभा २ बाट भने माओवादी केन्द्रका शिवसिंह ओलीले चुनाव जितेका छन्। दुई निर्वाचन क्षेत्र रहेको अछाममा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धन विजयी भएको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एकिकृत समाजवादीका शेरबहादुर कुँवर अछाम क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी ( (एमाले)का उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त) र क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका पुष्पबहादुर शाहले चुनाव जितेका छन्। प्रदेश सभातर्फ १ को १ मा नेपाली काँग्रेसका मेघराज खड्का र १ को २ मा नेकपा माओवादी केन्द्रका झपटबहादुर साउँद निर्वाचित भएका छन्। यस्तै, अछामको क्षेत्र नम्बर २ को १ मा नेकपा माओवादी केन्द्रका अक्कल रावल निर्वाचित भएका छन्।


