कैलाली। कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका डिल्लीराज पन्तले मतान्तर बढाउँदै लगेका छन्। पन्तसंगको मतान्तर भने एमालेका उम्मेदवार नारदमुनी रानाले घटाउँदै गएका छन् ।पछिल्लो मतगणना अपडेट अनुसार कैलाली क्षेत्र न ५ प्रतिनिधि सभा तर्फ ३१ हजार १५४ मतगणना गर्दा पन्तले १० हजार ६५० मत पाएका छन्।
यस्तै एमालेका उम्मेदवार रानाले ९०१० मत पाएका छन्। पन्त र राना बिचको मतान्तर १ हजार ६४० छ। यस्तै स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको ४४८५ मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इश्वरी विष्टको १९४८ मत पाएका छन्। यस्तै नल्का चुनाव चिन्हको ३२०३ मत छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा २ मा पनि काँग्रेसका उम्मेदवार अगाडि छन्।
१६ हजार ९४६ मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवाको ६ हजार १५२ मत छ। एमालेका उम्मेदवार दुर्गा जोशीको ३७२२ मत छ। राष्ट्रिय प्रजातन्त्र पार्टिको हलोको २२३१, केरा १५३१, ढकिया १८२४ मत छ । यस्तै कैलाली क्षेत्र न ५ प्रदेश १ मा १४७९८ मत गणना गर्दा सुर्य ३ हजार २१७, गोलाकार भित्र हसिया हतौडा ४ हजार ४९, हलो २ हजार २१५, केरा १ हजार ४८५, ढकिया ३०१५ मत रहेको छ ।


