धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रदेशसभा १ र २ मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का दीर्घ बहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका हुन् ।
प्रदेशसभा १ मा सोडारीले १३ हजार ४८९ मतसहित प्रतिद्धन्द्धी नेकपा एमालेका भीम देउवालाई पराजीत गरे । देउवाले ९ हजार ४२३ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४ हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार ५७४ मत खसेको थियो ।

