नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट लेखक १२ हजार मतान्तरसहित विजयी भएका हुन् ।
प्रतिद्धन्द्धी नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजीत गर्दै लेखक विजयी भएका हुन् । लेखकले ३० हजार ५२३ मत प्राप्त गर्दा पालले १८ हजार ४४८ मत पाइन् ।
२०७४ सालको निर्वाचनमा एमालेका दिपकप्रकाश भट्टसँग झिनो मत अन्तरले पराजीत भएका लेखकलाई यस पटक भने नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन गरेका थिए । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लेखक यसअघि २०५६ र २०७० को निर्वाचनमा पनि यहाँबाट विजयी भएका थिए ।

