धनगढी। कैलाली निर्वाचन क्षेत्र नं ५ मा पछिल्लो मत परणाम अनुसार नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन्। पन्तले नेकपा एमालेका उम्मेदवार नारदमुनि राना भन्दा चार सय ७६ मतले अग्रता लिएका छन्।
१४ हजार ४६६ मत गणना हुँदा पन्तले ४ हजार ९ सय ३३ मत ल्याएका छन्। भने यस्तै रानाले चार हजार चार सय ५७ मत पाएका छन्। उनीहरुका बीचमा चार सय ७६ मतको अन्तर छ। मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए। तर बुधबार साढे ४ बजेसम्मको मत परिणाम अनुसार पन्तले रानालाई उछिनेका हुन्। यस्तै स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा २०९३ मतका साथ तेस्रो स्थानमा छन्।

