कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका भगत बडुवालले अग्रता लिएका छन् । सो क्षेत्रमा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी पछि पार्दै माओवादी केन्द्रका बडुवालले अग्रता लिएका हुन्।
कुल १५ हजार २३५ मत गणना हुँदा बडुवालले पाँच हजार ११९ मतसहित अग्रता लिएका छन्। नागरिक उन्मुक्ति पार्टीका चौधरीले चार हजार ५५३ मत पाएका छन्। यस्तै नेकपा एमालेका झपटबहादुर रावलले ४ हजार २ मत प्राप्त गरेका छन्। यहाँ १ लाख ४ हजार ९०६ मतदाता रहेकोमा निर्वाचनमा ६० हजार ६२९ मत खसेको छ।

