कैलाली। कैलाली- ४ मा प्रतिनिधी सभा तर्फ नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले मतान्तर बढाउँदै लगेका छन्। १३ हजार ६११ मत गणना हँदा भट्टले नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले ५ हजार ७३२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी काँग्रेस का उम्मेदवार बलायर ले ५ हजार ४१९ मत प्राप्त गरेका छन् । दुबैले पाएको मत को मतान्तर ३१३ रहेको छ।
अहिले सम्म कैलाली क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने महोन्याल ५ , चुरे गाउँपालिकाका सबै वडा र गोदावरी का ८,९ को मतगणना सकिएको छ । अहिले गोदावरी (१ को मतगणना जारी रहेको छ । मतगणना गेटा मेडिकल कलेजमा भैरहेको छ। मंसिर ४ मा सम्पन्न निर्बाचनमा यस क्षेत्रमा ६४ हजार १५८ मत खसेको थियो । मतगणना हिजो देखी गेटा मेडिकल कलेजमा जारी रहेको छ ।

