धनगढी। कैलाली क्षेत्र नम्बर ५ को मत गणना सुरु भएको छ । कैलाली क्षेत्र नम्बर ५ को प्रदेश ख मा नेपाली काँग्रेसका प्रदेश सभा उम्मेदवार प्रकाश देउवाले सुरुवाती अग्रता कायम गरेका छन् ।
चार सय मत गणना हुदा देउवाले एक सय ४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार दुर्गा जोशीले ७७ मत ल्याएका छन् ।
राप्रपाका उम्मेदवार शिवराज भण्डारीले ८४ मत र स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले ३४ मत पाएक छन् । नागरिक उन्मुक्ति पार्टीले ४२ मत ल्याएको छ ।


