कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा ३९२९४ मत गणना भएको छ। निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २६९६ मतले अगाडि छन्।
नागरिक उन्मुक्तिका चौधरीको १३८५८, नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १११६२, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको ६९२९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको ५९६१ मत छ।
उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका गंगादेवी पौडेल, नेकपा एमालेका परेकबहादुर रावल, स्वतन्त्रका नवीनकुमार बोहरा र रमेश आचार्य चुनावी मैदानमा छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार छन्।

