बैतडी। बैतडीमा प्रतिनिधि सभामा एमालेका उम्मेदवार दामोदर भण्डारीले शुरुवाती अग्रता लिएका छन्। उनलाई गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले पछ्याइरहेका छन्। भण्डारीले १०६ मत ल्याएर अग्रता गरिरहेका छन् ।
भने सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) ले ७० मत पाएका छन्। यस्तै प्रदेश सभा (क)मा नेपाली कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा रहेको जानकारी प्राप्त भएको छ । प्रदेश सभा (ख)मा भने एमालेका उम्मेदवार लिलाधर भट्टले अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका शिवराज भट्टले पछ्याइरहेका छन् ।