कैलाली। कैलाली क्षेत्र नं. ४ मा मतगणना सुरु भएको छ । कुल मत गणना – २०० मा नेपाली काङ्ग्रेस वीर बहादुर बलायर (रुख) – १२७ नेकपा एमाले लेखराज भट्ट (सुर्य) -६१, बस – १ हलो -१ बदर – ८ कम्युटर – २ मत छ।
कैलाली ४ मा मतदाता को कुल संख्या १,१०,४५३ रहेको छ । जसमा जम्मा खसेको मत ६४,१५८ अर्थात ५८.०८प्रतिशत रहेको छ । उक्त मत मध्ये महिला ३४, ७०८ र पुरुष २९,४५० ले मतदान गरेका छन् । भने कैलाली ४ को प्रदेश (१) ३२,५८४ र प्रदेश (२) ३१, ५७४ मत खसेका थिए । यहाँ एमालेका तर्फबाट लेखराज भट्ट, वीर बहादुर बलायर सत्ता गठबन्धन नेपाली काँग्रेस बिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।