कैलाली। कैलालीको क्षेत्र नम्बर १ मा मतगणना जारी छ। अहिले सम्म १५०२ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै छ । उन्मुक्ति पार्टीले ६९१ मत ल्याउँदा नेपाली काँग्रेसले ४११ मत ल्याएको छ।
Advertisement



यस्तै नेकपा एमालेले १८३ मत प्राप्त गरेको छ। राप्रपाले ८९ मत ल्याएको छ। घण्टी २३, मादल ३, संख ५, घर २, महिला १, बदर ९४ मत छन्। यहाँ प्रतिनिधि सभाको लागि नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, कांग्रेसबाट रामजनम चौधरी, एमालेबाट तपेन्द्र रावल उम्मेदवार छन्।
Advertisement
