कञ्चनपुर। कञ्चनपुर क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ। कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना सुरु भएसँगै नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।
भीमदत्त नगरपालिका–१ को सय मत गन्दा कांग्रेस उम्मेदवार रमेश लेखकले ५५ मत पाएका छन्। एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन्।पालले ३२ मत पाएकी छन्।वडा नं. १, २ र ३ मा मतगणना भइरहेको जनाइएको छ।