कञ्चनपुर। कञ्चनपुरमा मतगणना सुरु भएको छ। कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना कार्य सुरु भएको छ। जिल्ला समन्वय समिति महेन्द्रनगरको सभाहलमा गणना भइरहेको छ। यस्तै कञ्चनपुर क्षेत्र नं १ को ३ बजे र २ को अबको केही बेरमा मतगणना हुने तयारी छ।
क्षेत्र नं १ को मतगणना दिउँसो ३ बजेदेखि गन्न सुरु गरिने मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले जानकारी दिए। उनका अनुसार क्षेत्र नं १ को मतगणना बेलौरी नगरपालिका–४ को सभाहलमा हुने छ। यस्तै क्षेत्र नं २ को केही बरेममा मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत मोहनी प्रसाद जोशीले जानकारी दिए। त्यहाँको मतगणनास्थल कालिका माध्यमिक विद्यालय असैना झलारीमा राखिएको छ। कञ्चनपुर ९७ हजार ८२२ मध्ये ५७ हजार ९५५ मत खसेको थियो ।