अछाम । अछाम १ को मतगणना दिउँसो ३ बजेपछि गर्ने निर्णय गरेको छ । सर्वदलीय बैठकले अछाम १ को मतगणना दिउँसो ३ बजेपछि गर्ने निर्णय गरेको हो। अछाम क्षेत्र नम्बर २ को मतगणनाबारे भने, अहिले कुनै जानकारी आएको छैन।
अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्याइएको छ। अछाममा दुईवटा निर्वाचन क्षेत्र छन्। अछाम १ बाट एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेकपा एमालेबाट झपट बोहोराबीच प्रतिष्पर्धा रहेको छ। यस्तै अछाम २ मा एमाले नेता यज्ञ बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच प्रतिस्पर्धा रहेको छ।