धनगढी। कैलाली क्षेत्र नम्बर ५ मा दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक अनुसार दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएको जनाइएको छ।
बिहान सर्वदलीय बैठकमा सबै दल र तिनका उम्मेदवारबीच सहमति भएको थियो। दुई घण्टासम्म बसेको सर्वदलीय बैठकमा मतगणना कार्यलाई मतगणना गर्ने सहमति भएसँगै दिउँसो १ बजेबाट मतगणना गरिने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।