बाजुरा। नेकपा एमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर बाजुरा सदरमुकाम तनावग्रस्त बनेको छ। एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गराउँदै आन्दोलन गरेपछि तनावग्रस्त बनेको हो। बजार सदरमुकाम मार्तडी बजार बन्द गरेको छ। बजार बन्द संगै बजारका गल्लीहरुमा टायर बालेपछी सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ।
अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो। बजारमा आन्दोलन चर्किएसंगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन भएको छ। त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडी घरमै गएर कुटपिट गरेर हत्या गरेका छन। अयडि घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइ निर्घात कुटपिट गरेको थियो।
अयडिलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए। अस्पताल पुगाउने बित्तिकै अयडिको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। अयडिको शब अहिले बयलपाटा अस्पतालको शबगृहमा राखिएको अस्पतालले जनाएको छ। त्रिबेणी ७ मा ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो। सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ता सञ्जिब अयडिको मृत्यु भएको थियो। सञ्जिब अयडिको मृत्युपछि काँग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्ता माथि कुटपिट गरेको थियो।