कञ्चनपुर। कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रको मतगणनाको सुरु गर्ने तयारी थालिएको छ । कञ्चनपुरमा प्रतिनिधिसभा क्षेत्र १, २ र ३ मा सर्वदलीय बैठक बसेर मतगणना आचारसंहिता निर्माण गरिएको र त्यो अनुसार मतगणनाको सुरु गर्ने तयारी थालिएको हो।
निर्वाचन अधिकृतका कार्यालयहरुका अनुसार अबको केही समयमै मतगणना सुरु गरिने जनाइएको छ । कञ्चनपुरमा ३ लाख २ हजार ५०९ मतदाता रहेकोमा करिब ६० प्रतिशत हाराहारी मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले क्षेत्र नं ३ मा कर्मचारीहरु गणनाको अन्तिम तयारीमा जुटेको बताए ।
यस्तै क्षेत्र १ मा पनी विभिन्न मतदान केन्द्रहरुबाट मतपेटिका संकलन गरिसकिएको र अबको केही बेरमा गणना सुरु गरिने निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए। यस्तै क्षेत्र नं। २ मा पनि सर्वदलीय बैठक सम्पन्न भएको र केही समयमा गणना कार्य सुरु गरिने निर्वाचनअधिकृतले बताए ।
.