कैलाली। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि भएको मतदान सकिएको छ। आइतबार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई निर्वाचन आयोगले मतदानको समय तोकेको थियो । सुदुरपश्चिममा झण्डै ६२ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए। उनले मतपेटिका संकलन भैरहेकाले सबैको विवरण आउन नसकिएको उनले बताएका छन्।यो प्रतिशत थपघट हुन सक्छ उनले भने । यस्तै कैलाली जिल्लामा ६३ प्रतिशत मत खसेको उनले बताए । उनले जिल्लाका सबै निर्वाचन क्षेत्रहरुको विवरण आउन बाँकी रहेको बताए। समग्रमा अहिलेलाई ६३ प्रतिशत जती मत खसेको भन्ने तथ्यांक रहेको छ। नआएका निर्वाचन क्षेत्रबाट मतदानको विवरण आउने क्रम जारी छ उनले भने।’ सबै निर्वाचन अधिकृतहरुले मुचुल्का उठाएर मतगणना स्थलमा सुरक्षित साथ मतपेटिका पु¥याउने तयारी गरिरहेकाले सबैको विवरण आउन नसकिएको उनले बताएका छन्।