कञ्चनपुर। कञ्चनपुरमा कांग्रेस केन्द्रीय सदस्य यज्ञराज जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको छ। आइतबार दिउँसो कञ्चनपुर भीमदत्त नगरपालिका–१८ कटानस्थित जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको हो।
तत्कालीन महेन्द्रनगर नगरपालिकाका प्रमुख समेत रहेका जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेपछि उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । महेन्द्रनगर माध्यमिक विद्यालय मतदान केन्द्र नजिक रहेको जोशीको घर छ । घरको पर्खालमा अज्ञात व्यक्तिले राखेको शंकास्पद वस्तु सेनाले निष्कृय पारेको जनाइएको छ ।